च्याटवोटको शुरुवात

2 years ago

चैत १३ गते २०७९, काठ्माडौं ।
मानसिक स्वास्थ्यको बारेमा चिकित्सकसँग सरसल्लाह र परामर्शकालागि किशोरकिशोरीलाई लक्षित गरी अनलाइन प्ल्याटफर्म च्याटवोटको आज शुरुवात गरिएको छ । यो सेवा अन्तर्गत सामाजिक संजाल फेसबुकको टेली मेन्टल हेल्थ पेजमा गएर च्याटवोट मार्फत विज्ञसँग मानसिक स्वास्थ्यको विषयमा किशोरकिशोरीले छलफल गर्न सकिने छन् । युनिसेफसँगको सहकार्यमा च्याटवोट सेवा संचालनमा ल्याइएको हो । बालबालिका तथा किशोरकिशोरीलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन सन् २०१५ मा सिविन नेपालको सहकार्यमा कान्ति बाल अस्पतालले, बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विभाग संचालनमा ल्याएको हो । आजै देखि मुलुकका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुले पनि बालबालिकाको मानसिक स्वास्थ्य समस्या सम्बोधनमा कान्ति बाल अस्पतालका मनोचिकित्सक र चिकित्सा मनोविद्हरुसँग सहकार्य गर्न सकिने गरी टेलि मेडिसिन सेवा पनि विधिवत रुपमा संचालनमा ल्याएको छ । आज औपचारिक उद्घाटन भएको भएपनि यो सेवा गएको बर्षदेखि नै सातै प्रदेशका विभिन्न स्वास्थ्य केन्द्र र अस्पतालहरुमा संचालनमा छ ।