Autism

2 years ago

अटिजम एउटा स्नायु प्रणाली विकास सम्बन्धी रोग हो । अटिजम भएका सामाजिक सीप, बोली तथा कुराकानी गर्नमा समस्या हुनुका साथै कम रुची रएकै किसिमको व्यवहार दोह¥याईरहने हुन्छ । यसको लक्षण प्राय २ वर्षको उमेर पछि थाहा पाउन सकिन्छ । अटिजम भएका बालबालिका तथा किशोरकिशोरीलाई निरन्तर हेरविचारको आवश्यक पर्न सक्दछ ।

अटिजमका लक्षणहरु

  • आँखामा आँखा जुधाउन गाह्रो हुने, एक्लै बस्ने बानी, बोलाउँदा प्रतिक्रिया नजनाउने,अन्य बालबालिका तथा व्यक्तिप्रति रुचि नदेखाउने,कसैले समातेको वा अंगालो हालेको नचाहने ।
  • बोलीमा ढिलाई हुने, दोहोरो कुराकानी नगर्ने, असामान्य आवाज निकाल्ने, अमिल्दो तरिकाले शब्द प्रयोग गर्ने, कुनै पनि शब्द वा वाक्य बारम्वार दोह¥याईरहने ।
  • कुनै काल्पनिक तथा नाटकीय खेल नखेल्ने, बस्तुहरुप्रति अनौठो लगाव हुने ।
  • कनै पनि चीज वा बस्तु एउटै तरिकाले घुमाईरहने ।
  • आवाज, गन्ध, स्वाद, छुवाई, दृश्य वा चित्रमा लगाव, सर्तक (उच्च संवेदनशील) हुने ।
  • डर नहुने र खतरा नबुझ्ने ।

यदी माथि उल्लेखित कुनै लक्ष्णहरु देखा परेमा हाम्रो निशुल्क टोल फ्री नम्बर १६६००११०६६६ मा सम्पर्क गरी सल्लहा– सुझाबलिन सक्नु हुन्छे  ।